पूर्वराजा शाह दम्पतीसहित पूर्व अधिराजकुमारी अस्पताल भर्ना
अखबार टुडे
प्रकाशित:
२०७८, ११ बैशाख

काठमाडौं, ११ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल तथा पूर्वअधिराजकुमारी कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका छन् । केही दिनयता होम आइसोलेशनमा बस्दै आएकी उनीहरुको स्वास्थ्य समस्या देखिएपछि शबिनार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।
अस्पताल भर्ना हुने क्रममा पूर्वरानी कोलम ओपिडी वार्डको अगाडि खुड्किलो चढ्नेक्रममा लड्न खोजेकी थिइन् । यसबाट समेत कोरोना संक्रमणका कारण पूर्वराजा, रानीको स्वास्थ्य निकै बिग्रिएको अनुमान गर्न सकिन्छ ।
यसअघि निर्मलनिवासमै आइसोलेशनमा बस्दै आएका उनीहरु तीनै जनाको स्वास्थ्य बिग्रिएपछि चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको पूर्व राजाका संवाद सचिव फणि पाठकले जानकारी दिएका छन् । उनीहरु शनिबार दिउँसा १ बजे अस्पताल पुगेका हुन् । नर्भिक अस्पतालले एक विज्ञप्ति सार्वजनिक गर्दै पूर्वराजा, रानी र अधिराजकुमारीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।
भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा स्नान गरेर पूर्व राजारानी यही ७ बैशाखमा स्वदेश फर्किएका थिए । त्यसपछि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

प्रतिक्रिया