ब्राजिलमा कोरोना भाइरस : शुक्रबार करिब ३ हजारको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ११ बैशाख


साओ पाओलो, ११ वैशाख ।
ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९को संक्रमणबाट करिब तीन हजार नागरिकको मृत्यु भएको छ । शुक्रबारमात्र अघिल्लो २४ घन्टामा कोरनो संक्रमित २ हजार ९१४ जनाको एकै दिनमा ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानाएको छ । यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८६ हजार भन्दा बढी पुगेको उत्त मन्त्रालयले दिएको समाचारमा जनाइएको छ । त्यसैगरी सोही अवधीमा थप ६९ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४२ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

प्रतिक्रिया