प्रधानमन्त्रीद्वारा धरहराको उद्घाटन (फोटोफिचर)
प्रकाशित:
२०७८, ११ बैशाख

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । शनिबार धरहरा रहेको स्थान सुन्धारामा एक आयोजितबीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् ।

धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी २०औँ तलाको बालकोनीमा पुगेर अवलोकन गरेका थिए । लिफ्टबाट २०औँ तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गरे ।

२०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।
बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिएपनि भित्री संरचना २२ तलाको छ । यसको अग्लाइ जमिनबाट गजुरसहित ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएका
प्रतिक्रिया
सम्बन्धित समाचार