विश्व

दिल्लीमा यूके भेरिअन्ट कोरोना भाइरस तीव्र गतिमा फैलँदै


दिल्ली, ११ बैशाख ।
कोरोनाभाइरस महामारीको दोस्रो लहरसँग जुदिरहेको भारतको राजधानी दिल्लीमा ‘यूके’ भेरिअन्टबाट सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको पाइएको छ ।
गत मार्च महिनाको तुलनामा सङ्क्रमणमा तीव्र वृद्धि देखिएको हालै गरिएको भाइरसको जीनोम स्याम्पलिङबाट थाहा भएको अधिकारीहरूले बताएका हुन् ।
न्याश्नल सेन्टर अफ डिजीज कन्ट्रोलका निर्देशक डा. सुजित सिंहका अनुसार दिल्लीमा गत मार्चको दोस्रो सातातिर सङ्क्रमितमध्ये २८ प्रतिशत यूके भेरिअन्टबाट पीडित भएको पाइएको थियो भने मार्चको अन्त्यतिर त्यो बढेर ५० प्रतिशत पुगेको बताए ।
यूके भेरिअन्टले सङ्क्रमणको दर मात्रै बढाएको नभई सङ्क्रमितको स्थितिलाई जटिल बनाउने गरेको र त्यसबाट मृत्युदरमा पनि वृद्धि भएको उनले बताए ।
दिल्ली त्यस्ता राज्यमध्ये एउटा हो जहाँ विदेशबाट फर्केका व्यक्ति र उनीहरूको सम्पर्कमा आएका व्यक्तिमा भन्दा स्थानीय समुदायमा यूके भेरिअन्ट बढी पाउने गरिएको छ ।
दिल्लीबाहेक पञ्जाब, छत्तीसगढ र गुजरातमा पनि समुदायस्तरमा यूके भेरिअन्टबाट सङ्क्रमित हुनेहरू बढी पाइएका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top