एकैदिन थपिए २५ सय बढी संक्रमित, ५ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १० बैशाख

काठमाडौं, १० बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २ हजार ४ सय ४९ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय १० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार ८ हजार ७ सय ९८ जनाको पीसीआर र ८ सय ६६ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ ।
यसैगरी २४ घण्टामा ४ सय १० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५५ पुगेको छ ।
निको हुनेको दर ९३ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय २४ पुगेको छ ।

प्रतिक्रिया