एमालेमा २६४ जना नेताको कार्यविभाजन, माधव पक्ष समेटिएन
अखबार टुडे
प्रकाशित:
२०७८, १० बैशाख

काठमाडौं, १० बैशाख । नेकपा एमालेले २ सय ६४ सदस्यीय १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यको कार्यविभाजन गरेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको हो ।


कार्यविभाजनमा माधव नेपाल पक्षधरलाई जिम्मेवारी दिइएको छैन । केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीमा यथावत राखिएको छ । उनीहरू मूलधारको पार्टीको फर्किएपछि उपयुक्त जिम्मेवारी दिइने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा शुक्रबारको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी हेरफेर गरिएको हो ।
अध्यक्ष ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन् । त्यस्तै विष्णु पौडेल संगठन विभाग प्रमुख भएका छन् । रामबहादुर थापालाई वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभागको प्रमुखको जिम्मा सुम्पिएको छ ।

प्रतिक्रिया