प्रधानमन्त्रीको खुलासा : आउँदो फागुनभित्रै स्थानीय तहको निर्वाचन
अखबार टुडे
प्रकाशित:
२०७८, १० बैशाख

काठमाडौं, १० बैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो फागुनभित्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको १०औँ एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो खुलासा गरेका हुन् । बैठकमा उनले आगमी फागुनभित्र स्थानीय तहको निर्वाचन हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका दिएका थिए । बैठकमा सहभागी एक नेताले ओलीको भनाइ उदृत गर्दै भने, ‘उहाँले स्थानीय तहको निर्वाचनबारे तयारीमा लाग्न भन्नुभएको छ । आगामी फागुन निर्वाचन सम्पन्न गर्नेगरी निर्देशन दिएको उनको भनाइ छ ।

प्रतिक्रिया