कोरोना संक्रमित अस्पतालको आइसीयूमा आगलागी : १३ बिरामीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १० बैशाख


मुम्बई, १० बैशाख ।
कारोना संक्रमित बिरामी उपचाररत मुम्बईको एक अस्पतालको सघन उपचार कक्ष आईसीयूमा आगलागीहुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान लागेको आगो निभाइएको र जीवित चार बिरामीलाई अन्य अस्पतालमा सारिएको छ ।
भारतमा कोरोनाको दोस्रो लहर चलिरहँदा यस्तो घटना भएको हो । दोस्रो लहरका कारण अस्पतालमा बिरामीको भीड छ र तिनमा अक्सिजन, आईसीयू शय्या र भेन्टिलेटरको कमी भएको छ ।
शुक्रवार भारतमा तीन लाख ३२ हजार सात सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । यो संक्रमित र मृत्यु संख्या अहिलेसम्मकै सर्वाधिक भएको बताइएको छ ।

प्रतिक्रिया