नेपाल खबर

भरुवा बन्दुक प्रहार गरी छिमेकीको हत्या गर्ने लिम्बु पक्राउ


ताप्लेजुङ, १० बैशाख । भरुवा बन्दुक प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मेरिङदेन गाउँपालिका –२का २८ वर्षीय प्रताप लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भरुवा बन्दुक प्रहारबाट छिमेकी ५० वर्षीय खडक बहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हो ।
प्रहरीले प्रतापलाई भरुवा बन्दुक सहित पक्राउ गरी यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top