घट्यो सुनचाँदीको मूल्य
अखबार टुडे
प्रकाशित:
२०७८, १० बैशाख


काठमाडौं, १० बैशाख । साताको अन्तिम दिन शुक्रवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य रु ९२ हजार २ सयमा कारोबार भइरहेको थियो भने आज सुनको मूल्य तोलामा रु ५ सयले घटेर ९१ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार २ सय रहेको छ ।
यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १५ रुपैयाँ घटेर १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया