अक्सिजन अभावकै कारण नयाँदिल्लीमा २५ बिरामीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १० बैशाख


नयाँदिल्ली, १० बैशाख ।
भारतमा कोरोना संक्रमणको अबस्था भयावह बनेसँगै अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ । दिल्लीको गंगाराम अस्पतालमा पर्याप्त अक्सिजन आपूर्ति नहुँदा गएको २४ घण्टामा पच्चीस सिकिस्त बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टरले सामाजिक सञ्जालमा दुई घण्टाका लागि अक्सिजन रहेको र ६० जना बिरामीको ज्यान खतरामा रहेको भन्दै ‘एसओसएस’ सन्देशमार्फत् सहयोगका लागि याचना गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसको केही घण्टामै अक्सिजनका ट्याकंरहरु अस्पताल पुगेका थिए । जसले गर्दा थप बिरामीको ज्यान जान पाएन ।
हाल अस्पतालमा ५ सयभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेकोमा ¬१४० जनाभन्दा बढीलाई अक्सिजन दिइएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया