कैलालीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १० बैशाख


कैलाली, १० बैशाख ।
कैलालीको टीकापुरमा कोभिड–१९ का कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिकापुर नगरपालिका १ बस्ने बर्ष ७० का एक पुरुष रहेका छन् ।
नेपालगन्जको कोहलपुर मेडिकल कलेजमा मधुमेहको उपचार गरिरहेका उनलाई मंगलबार कोरोना परिक्षण गर्दा बुधबार पुष्टि भएको टिकापुर नगरपालिकाका स्वास्थ्य प्रमुख बल बहादुर रावलले जानकारी दिए । कोरोना पुष्टि भएपछि कोरोना वार्डमा उपचार गराइरहेका उनको बिहिबार मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया