नेपाल खबर

राष्ट्रिसभाको रिक्त पदका लागि ६ जेठमा उपनिर्वाचन

काठमाडौं, ९ बैशाख । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त पदका लागि उपनिर्वाचनको मिति तोकेको छ । बिहीबार आयोगले गृहमन्त्री रामबहादुर थापाको स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि आउँदो ६ जेठमा निर्वाचनको मिति तोकेको हो ।
सहसचिव एव आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले उक्त घोषणाअनुसार बिहीबारदेखि तयारी थालेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधी ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा उपनिर्वाचनमार्फत पूर्ति गरिनुपर्ने कानूनी व्यवस्था छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top