यसराज र तेजुलाको ‘पिरतीको लुँडो’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७८, ९ बैशाख

काठमाडौं ९ बैशाख । अभिनेत्री सुजता सिटौला निर्मित ‘पिरतीको लुँडो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा नायिका तेजुला खतिवडा, यसराज गरचलगायतको अभिनय छ ।
नायिका तेजुला फिचर्स फिल्मकी नायिका हुन् भने उनी अभिनित दर्जनभन्दा बढी भिडियो यसअघि सार्वजनिक भइसकेको छ । लोकप्रिय गायिका शिला बिष्ट ‘अलि’ र गायक बिपिन घिमिरेको स्वर रहेको ‘पिरतीको लुँडो’मा लक्ष्मी पौडेलको शब्द छ भने एरेन्ज राजन इसान, कोरियोग्राफर नरेशवीर सिंह, सम्पादन टेकेन्द्र शाह, छायाँकन, निर्देशन लुजा सिंहको रहेको छ ।

प्रतिक्रिया