नेपाल खबर

आज पनि नेता नेपालले भने, ‘म केही बोल्दिन’ : बोल्नेचाहिँ कहिले ?

file photo

काठमाडौं, ९ बैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता सकेर निस्केपछि सञ्चारकर्मीसँग भने, ‘म केही बोल्दिन ।’

नेता नेपालले बुधबार पनि यही भाषा बोलेका थिए । बुधबार अध्यक्ष ओलीसँग होटल मेरियटमा छलफल सकेर निस्किँदै गर्दा भनेका थिए, ‘म केही बोल्दिन ।’ तर, आज दोस्रोपटक सोही होटलमा ओलीसँग छलफल सकेर निस्किँदा भने, ‘म केही बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन ।’

नेता नेपालको यो भनाइले आज पनि वार्ता सकरात्मक नभएको स्पष्ट पारेको छ । पार्टी विभाजनको संघारमा पुगेको अवस्थामा ओलीले नेता नेपाल पक्षसँग संवाद थालेका हुन् । दुई शीष नेताबीच बुधबार र बिहीबार लगातार वार्ताले केही निष्कर्ष निकाल्ला भन्ने कार्यकर्तामा अपेक्षा गरेको छ । तर, नेता नेपालको यो भनाइले पुनः निराशा उजागर गरेको छ । बुधबार करिब दुई घण्टा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेता नेपालबीच छलफल भएको थियो ।

नेताद्वयबीच लामो समयदेखिको संवादहिनता तोड्दै उनीहरु वार्तामा जुटेका हुन् । बिहीबार उनीहरुबीच करिब डेड घण्टा छलफल भएको छ ।

पछिल्लो समय नेकपाको आन्तरिक विग्रहले चरम रुप लिएको छ । यसैबेला ओलीले ‘वार कि पार’ भन्ने मनस्थितिमा छलफल थालेका हुन् । ओलीले आफूले पार्टी विभाजन नचाहेको र ‘वान टु वान’ वार्ता गरेर पार्टीमा आउन नेपाल पक्षका नेताहरुलाई आग्रह गर्दै आएका छन् । तर, नेपाल पक्षले भने अध्यक्ष ओलीले पार्टी एकतावद्ध नचाहेको आरोप लगाउँदै आएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top