मलेसियाविरुद्ध नेपालको सानदार जित
अखबार टुडे
प्रकाशित:
२०७८, ९ बैशाख


काठमाडौं, ९ बैशाख ।
त्रिकोणात्मक टि–२० सिरिज अन्र्तगत बिहीबार टियु क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा नेपालले मलेसियाविरुद्ध सहज जित निकालेको छ । मलेसियाले ५ बल अगावै सबै विकेट गुमाएर १४८ रनमात्र बनाएपछि नेपाल ६९ रनले विजयी भएको हो । नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र कमल ऐरीले ३–३ विकेट लिए ।
यसअघि नेपालले मलेसियासामु २१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि करण केसीले सर्वाधिक ४५ रन बनाए । उनले १३ बलमा ७ छक्का प्रशार गरेका थिए ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१७ रनको योगफल तयार पारेको हो । नेपालका लागि कुशल भुर्तेलले १६, आसिफ सेखले ४२, कप्तान ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३, विनोद भण्डारीले ८, सोमपाल कामीले २ र कुशल मल्लले अविजित १९ रन बनाए ।
नेपालले त्रिकोणात्मक सिरिजको फाइनल खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया