मेरियट होटलमा ओली-नेपाल : वार्ता निर्णायक होला ?
प्रकाशित:
२०७८, ९ बैशाख

काठमाडौं, ९ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ भएको वार्ता कुनै निष्कर्षविना टुंगिएको थियो । बुधबारको शर्तअनुसार आज पुनः उनीहरु छलफलमा जुटेका हुन् ।
बुधबार नागपोखरीस्थित मेरियट होटलमा करिब दुई घण्टा ओली र नेपाल पक्षबीच छलफल भएको थियो । अध्यक्ष तथा प्रधामन्त्री ओलीले बुधबार नेपाल पक्षका नेतासँग ‘वान टु वान’ छलफल गरेका थिए ।
अध्यक्ष ओली र नेपालबीच आज हुने छलफलमा एमाले एकताबद्ध रहने वा नरहने तय हुने बताइएको छ । स्रोतअनुसार ओली ‘वार कि पार’ भन्ने नीतिमा लागेका छन् । त्यसैले आज हुने वार्तालाई ‘निर्णयक’ हुन सक्ने अनुमान समेत गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त