नक्कली पीसीआर बनाईदिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन
अखबार टुडे
प्रकाशित:
२०७८, ९ बैशाख

काठमाडौं, ९ बैशाख । कोरोना भाइरस संक्रमणको नक्कली पीसीआर रिपोर्ट बनाई दिएको आरोप लागेको सिनामंगलस्थित सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सुरिया ल्याबको लाइसेन्स निलम्बन गरेको हो ।
नक्कली रिपोर्टको बारेमा हाल अनुसन्धान जारी रहेको भन्दै सञ्चालन अनुमति निलम्बन गरेको प्रयोगशालाकी निर्देश डा रुणा झाले बताईन् । अर्को सूचना नआएसम्म अब सुरियामा परीक्षण नगराउनसमेत प्रयोगशालाले आग्रह गरेको छ ।
बुधबार मात्रै सुरिया ल्याबमा परीक्षण गरेर विदेश जान लागेका एक सय २२ जनालाई विमानस्थलबाटै फिर्ता पठाईएको थियो । सो हेल्थकेयरले स्वाब नै नलिई महँगो मूल्यमा नेगेटिभ रिपोर्ट नक्कली दिने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया