नेपाल खबर

नेपाललाई ओलीको चेतावनी, ‘मेरो प्रयासलाई कमजोरी नठान्नुहोला’

फाइल फाेटाे

काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताएका छन् ।

उनले नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको भन्दै त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनीसमेत दिए ।
बिहीबार नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा केन्द्रीय कार्यालय भवन शिलान्यास समारोहलाई बल्खुमा सम्बोधन गर्दै भने, ‘पार्टीलाई क्षति नहोस् भनेर नै अहिले सम्झाई–बुझाई गर्नेमा केन्द्रित छु ।’

प्रधानमन्त्री ओलीले समूहगत रुपमा कुनैपनि सम्झौता नहुने बताउँदै भने, ‘मेरो संवादको प्रयासलाई कमजोरी नठान्नुहोला ।’ बुधबार बरिष्ठ नेता माधव नेपालसँगको संवादलाई जोड्दै उनले भने, ‘गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने अब एमालेमा त्यो सम्भव छैन ।’

प्रधानमन्त्री ओलीले बुधबार साँझ नेपालसँग एक्लै वार्ता गरेका थिए । उनले सो वार्तामा पनि समूहगत छलफल नहुने र गुटको भागबण्डा नगर्ने बताएका थिए । दुई नेताबीच आज पनि वार्ता हुने बताइएको छ ।

ओलीले भने, ‘उनीहरुले सडकबाट हामीलाई बिभिन्न ढंगले कारबाही गरेको भनेर नगरा पिटाएका हुन् । केपी ओलीलाई सिध्यायौँ भनेका हुन् ।’ ओलीले थपे, ‘अर्को पार्टी खोलेर हिँड्दा पनि कारबाही नगरेर सम्झाइ बुझाई गर्नेमै हाम्रो प्रयास जारी छ ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन माथिबाटै हान्नुपर्छ भनेर आफूलाई चारपटक साधारण सदस्यबाट समेत निकालेको आरोप लगाए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top