कोरोना प्रभाव : पाँच देशका लागि ‘नो अब्जेक्सन लेटर’ जारी कार्य बन्द
अखबार टुडे
प्रकाशित:
२०७८, ९ बैशाख

काठमाडौं, ९ बैशाख । पछिल्ला समय पुनः कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य बन्द गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि स्वीकृति पत्र दिने कार्य बन्द गरेको जानकारी दिएको हो ।
केही समययता कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) विश्वभरि नै फैलिरहेको छ । यसैलाई मध्यजनर गर्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार बिहीबारदेखि अर्को सूचना जारी नभएसम्म स्वीकृतिपत्र नदिइने जनाएको हो ।

स्वीकृति पत्र प्राप्त गरेर पनि ती पाँच देशमा जान नपाइने हुँदा अहिलेलाई स्थगित गरेको मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेलले जानकारी दिए । विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरूको हकमा भने स्वीकृति पत्र जारी गर्ने कार्य नरोकिने बताइएको छ ।

प्रतिक्रिया