होटल मेरियटमा ओली-नेपालको पौने दुई घण्टा : छलफलमा ओलीले के भने ?
अखबार टुडे
प्रकाशित:
२०७८, ८ बैशाख

काठमाडौं, ८ बैशाख । नेकपा एमालेमा यतिखेर दुई गुट कि वार कि त पार अवस्थामा पुगेको छ । यसैबेला बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल भएको छ ।
काठमाडौंको नक्साल नागपोखरीस्थित होटल मेरियटमा बुधबार साँझ भएको छलफलमा खाश निष्कर्ष नआएको माधव पक्षका एक नेताले बताए । ओली र माधव पक्षबीच करिब २ घण्टा छलफल भएको छ । बुधबार पाँच बजे सुरु भएको छलफल पौने ७ बजे होटलबाट बाहिरिएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अलग पार्टी गठनको तयारीमा रहेका नेपालसँग निर्णायक संवादका लागि छलफल अगाडि बढाएका हुन् । तर, बुधबारको छलफलले कुनै निष्कर्ष निकाल्न सकेन । ओलीले दोस्रोपटक स्पष्टीकरण सोधेको भोलिपल्ट यो छलफल भएको हो ।
आजको छलफलको वातावरण अर्थमन्त्री बिष्णु पौडेल जुराएका थिए । तर, उनी छलफल हुन अगावै होटलबाट बाहिरिएका थिए । ओलीले स्पष्टिकरण सोधिएका नेताहरुको ‘वान टु वान’ वार्तामा गरेका छन् ।

अध्यक्ष ओलीले उनीसँग पार्टी फर्केर मिलेर अगाडि बढ्न आग्रह गरेको स्रोतले बताएको छ । तर, जवाफमा नेपाल पक्षका सांसदहरुले ओलीमाथि एकलौटी रुपमा गरिएका निर्णयहरु फिर्ता गर्नुपर्ने माग अगाडि सारेका थिए ।

अध्यक्ष ओलीले उनीसँग पार्टी फर्केर मिलेर अगाडि बढ्न आग्रह गरेको स्रोतले बताएको छ । तर, जवाफमा नेपाल पक्षका सांसदहरुले ओलीमाथि एकलौटी रुपमा गरिएका निर्णयहरु फिर्ता गर्नुपर्ने माग अगाडि सारेका थिए ।
ओलीले माधव नेपाल निकट सांसदसँग व्यक्तिगत डिल गरेका थिए । यसअघि गुटगत डिल नहुने बताएँदै आएका ओलीले बुधबर भने नेपाल पक्षका सांसदहरुसँग ‘वान टु वान’ वार्ता गरेको ती नेताले बताए । उनका अनुसार ओलीले निर्णायक वार्ता गर्न चाहेका छन् । कि वार कि त पारको मनस्थितिमा ओली पुगेका छन् ।

प्रतिक्रिया