ओली र नेपाल होटल मेरियटमा : छलफलको उपलब्धी होला ?
अखबार टुडे
प्रकाशित:
२०७८, ८ बैशाख

काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल सुरु भएको छ । नागपोखरीस्थित होटल मेरियटमा बुधबार साँझ ओली र नेपाल वार्तामा जुटेका हुन् ।
गत २ चैत यता ओली र नेपालबीच भएको यो पहिलो छलफल हो । आज हुने छलफलले एमालेका आइसब्रेक हुने अनुमान गरिएको छ । पछिल्लो समय एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेको अवस्थामा अध्यक्ष ओली र नेता नेपाल पक्ष छलफलमा जुटेका हुन् ।
यहाँसम्म आइुपुग्दा ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन् । यता नेपाल पक्षले पनि केन्द्रीय नेतृत्वबाहेक सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।
मंगलबारमात्र ओलीले नेपालसहित ३२ जना सांसदलाई प्रष्टीकरण सोधेका थिए । पार्टीभित्र देखिएको बढ्दो विवादलाई आइसब्रेक गर्दै ओली र नेपाल छलफलमा जुटेको देखिन्छ । यसैबीच आज बुधबार अचानक छलफलको साइत जुराएको हो ।

प्रतिक्रिया