नेपाल खबर

नेपालगन्जमा १५ बैशाखसम्म लकडाउन

नेपालगन्ज, ८ वैशाख । जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउनको घोषणा गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले त्यसको नियन्त्रणका लागि बुधबार राति १२ बजेदेखि १५ गते राति १२ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवाबाहेक निषेध गरिएको बताए ।
प्रमुख जिल्ला अधीकारी अनुसार स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु र हवाई सेवा सञ्चालन गर्न पाइने बताए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top