नक्कली पीसीआर : १ सय ७२ यात्रु विमानस्थलमा पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, ८ बैशाख

काठमाडौँ, ८ बैशाख । नक्कली पीसीआर प्रमाण बोकेर विभिन्न गन्तव्यमा जान लागेका १ सय ७२ यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, प्रहरीले सुराकीको आधारमा बुधबार मध्यपूर्वी गन्तव्यतर्फ जाँदै गरेका नेपाली, भारतीय र पाकिस्तानी यात्रुलाई पक्राउ गरेको हो उनीहरुले ९ हजार रुपैयाँमा नक्कली पीसीआर नेगेटिभ लेखिएको प्रमाणपत्र बिक्री हुने गरेको सूचना प्राप्त भएको बताए ।
प्रहरीले डिपार्चर हलबाट १ सय २२ जना यात्रुलाई पक्राउ गरिएको थियो । जसमा ७२ जना नेपाली, ४९ जना भारतीय र एक जना पाकिस्तानी यात्रु छन् । त्यस्तैे हेल्थ डेस्कबाट ५० जना यात्रुलाई पक्राउ गरेको थियो । जसमा २९ जना नेपाली, १९ जना भारतीय र २ जना पाकिस्तानी छन् ।
हाल भारतबाट मध्यपूर्वी श्रम गन्तव्य भएका मुलुकमा जान रोक भएकाले भारत, पाकिस्तान लगायतका छिमेकी मुलुकका यात्रु काठमाडौं हुँदै ती मुलुकमा जाने गरेका छन् । ती मुलुकका वायुसेवाहरुले पछिल्लो ७२ घन्टाको पीसीआर नेगेटिभ भएको प्रमाणका आधारमा यात्रु लैजाँदै आएका थिए ।

प्रतिक्रिया