१० रुपैयाँ दिएर ७ वर्षीया बालिकामाथि बलात्कार गर्ने प्रमोद पक्राउ
प्रकाशित:
२०७८, ८ बैशाख
पर्सा, ८ बैशाख । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंज महानगरपालिका–२४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफलाई पक्राउ गरेको छ । प्रमोदले सोमबार ती बालिकालाई १० रुपैयाँ दिई फकाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया