झोलुङ्गे पुल तर्दा २० रुपैयाँ कर, विद्यार्थीलाई आधा छुट !
अखबार टुडे
प्रकाशित:
२०७८, ८ बैशाख

गलकोट, ८ बैशाख । झोलुङ्गे पुल तरेको पनि कर ? हो अब संघीय सरकारले हालै निर्माण सम्पन्न गरेको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे पुल तरेपछि २० रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।
५६७ मिटर लामो उक्त पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मंगलबारदेखि कर संकलन शुरु गरेको छ । प्रतिव्यक्ति रु २० कर लिने कामको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति रु २० कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताए ।
बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख पौडेलका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई भने रु १० कर लाग्नेछ ।

प्रतिक्रिया