तीन दिनको मौसम : आज कहाँ कहाँ पानी पर्छ ?
अखबार टुडे
प्रकाशित:
२०७८, ८ बैशाख

काठमाडौं, ८ बैशाख । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकाले सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ ।
बिहिबार देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ ।
शुक्रबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ ।
सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ÷हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया