कोरोना अपडेट : १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ७ बैशाख

काठमाडौं, ७ बैशाख । मंगलबार १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन् ।
यही अवधिमा ११ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । यही अवधिमा २५१ जना निको भएका छन् । नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ ।
नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ । नेपालमा ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया