त्रिदेशीय टी-२० क्रिकेट : नेपाल नेदरल्याण्ड्सँग दोस्रो खेलमा पराजित
अखबार टुडे
प्रकाशित:
२०७८, ७ बैशाख


काठमाडौं, ७ बैशाख । काठमाडौंमा जारी त्रिदेशीय टी-२० क्रिकेट सिरिज अन्तरगत नेपाल आफ्नो तेस्रो खेलमा नेदरल्याण्ड्सँग पराजित भएको छ । उत्त खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको हो ।
नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले ३ बल अगावै ७ विकेट गुमाएर पुरा गर्यो । नेदरल्याण्ड्सको जितमा बस डि लिडेको ८१ रनको योगदान रहयो भने बिन कोपरले ५५ र पिटर सेलरले ३१ रनको बनाएका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएका थिए । यस्तै अविनाश र कुशल मल्लले एक-एक विकेट लिएका थिए ।
टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २०६ रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ६० रन बनाए । कुशलले ४६ बलमा ८ चौका र एक छक्कासहित ६२ रन बनाएका हुन् भने दीपेन्द्रले ३० बलमा ३ चौका र ५ छक्कासहित ६० रन बनाएका हुन् । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ला २० रनमा आउट भए भने कुशल मल्ल १८ रन बनाएर पेभेलियन फर्किए । त्यस्तै सोमपाल कामीले अविजित २१ रन बनाए भने विनोद भण्डारीले ७ रन बनाए । आजको खेलमा आजको खेलमा ओपनर आशिफ सेख शून्यमै आउट भएका थिए । करण केसीले भने एक रन बनाए ।

प्रतिक्रिया