त्रिदेशीय क्रिकेट प्रतियोगितामा आजबाट दर्शक निषेध
अखबार टुडे
प्रकाशित:
२०७८, ७ बैशाख

काठमाडौं, ७ बैशाख । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले २५ जनाभन्दा बढी भेला हुन नदिने निर्णय छ । यससँगै जारी कीर्तिपुर खेल मैदानमा ट्राइ–नेसन्स क्रिकेट सिरिज अन्तर्गतका बाँकी खेलहरुमा दर्शकविनै हुनेभएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) विज्ञप्ती जारी गर्दै बाँकी खेलहरु दर्शकबिना नै खेलाउने जानकारी दिएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले जारी गरेको विज्ञप्ति बाँकी खेलहरुमा दर्शकलाई प्रवेश निषेध गरिएको उल्लेख छ ।
आज नेपाल र नेदरल्याण्डबीच चौथो म्याच हुँदैछ । हिजोको खेलमा नेपालले ९ विकेटले नेदरल्याण्डलाई नै पराजित गरेको थियो ।

प्रतिक्रिया