लुम्बिनी प्रदेश : जसपाद्वारा सपथ लिएका चार मन्त्रीलाई निलम्बन गरी २४ घण्टे स्पष्टिकरण
अखबार टुडे
प्रकाशित:
२०७८, ६ बैशाख

काठमाडौं, ६ बैशाख । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिएका ४ जना आफ्ना नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् ।
सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने उनले बताएका छन् । सोमबार मात्रै लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर, अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमै जसपाका ४ जना नेताहरु मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया