नेपाल खबर

सार्वजनिक सवारी साधनमा मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने

फाइल तस्बिर

काठमाडौं, ६ बैशाख । सरकारले सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायातमा यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने निर्णय पनि गरेको छ । यदि मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
त्यसैगरी गाडीलाई नियमति सेनिटाइज गर्नुपर्ने, माक्स नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाइ यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय बैठकले गरेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top