मलेसियाविरुद्ध नेपालको शानदार जित, कुशलको दोस्रो अर्धशतक
अखबार टुडे
प्रकाशित:
२०७८, ६ बैशाख


काठमाडौं, ६ बैशाख । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई १०२ रनको ओपनिङ साझेदारी दिलाएका थिए ।
आसिफ शेखले २९ बलको सामना गर्दै एक छक्का र ४ चौकासहित ४२ रन बनाए भने भुर्तेलले ६१ रन बनाउन सफल भएका हुन् । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाए ।

प्रतिक्रिया