नयाँदिल्लीमा एक साता लकडाउन घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, ६ बैशाख

काठमाडौं, ६ बैशाख । पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएप्छि भारतको राजधानी नयाँदिल्लीमा एक साता लामो लकडाउन घोषणा गरिएको छ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार राती १० बजेदेखि अर्को लकडाउनको घोषणा गरेका हुन् ।
लकडाउन घोषणा गर्दै मुख्यमन्त्री केजरीवालले भनेका छन्, ‘सरकारले पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै एक साताका लागि लकडाउन गर्ने घोषणा गरेको छ । लकडाउन आज राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म लागू हुनेछ ।’
लकडाउनको समयमा गरिबमाथि निकै अप्ठ्यारो अवस्था आउन सक्ने भएकोले दिल्ली छाडेर नजान उनले आग्रह गरेका छन् । उनले पछिल्लो समय दैनिक २५ हजारभन्दा बढी संक्रमित देखिन थालेपछि लकडाउनको घोषणा गर्नुपरेको बताएका छन् ।
लकडाउन घोषणा गरिएपनि परीक्षा दिने विद्यार्थीका लागि परिचयपत्रका आधारमा छुट दिने व्यवस्था गरिएको छ भने टिकट देखाएर रेलवे स्टेशन र एयरपोर्टमा आवतजावतका लागि छुट गरिएको छ ।
भारतमा सोमबारमात्र २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया