राष्ट्रपतिद्वारा सर्वोच्चमा दुई न्यायाधीश नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, ६ बैशाख

काठमाडौं, ६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्त गरेकी छन् । न्याय परिषद्ले सिफारिस गरेका मुख्य न्यायाधीशहरू झापाका कुमार चुँडाल र म्याग्दीका नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
न्यायपरिषद्को फागुन २८ को बैठकले दुवैजनालाई सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो । सअघि वैशाख ३ मा संसदीय सुनुवाइबाट दुवैको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको थियो । नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दर्ता भएको रिट भने सर्वोच्चले चैत ३० मा खारेज गरेको थियो ।
सर्वोच्चले राजपत्रांकित प्रथम श्रेणीको पददेखि सोभन्दा माथिल्लो पदमा अटुट रुपमा सुवेदीले १३ बर्ष ६ महिना २१ दिन कार्य गरेकाले योग्यतामा कुनै प्रश्न नै नरहेको समेत प्रष्ट्याएको थियो ।

प्रतिक्रिया