बाघलान भिडन्तमा ८को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ६ बैशाख


पुल–ए–खुम्री, ६ बैशाख । युद्धग्रस्त अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा सोमबार भएको भिडन्तमा छ जना विद्रोही र दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
प्रान्तीय प्रहरी प्रवक्ता अहमद जावेद बशारातले बाघलान ए मर्काजी जिल्लाको सुरक्षा जाँच चौकीमा तालिवान लडाकू समूहले सुरक्षाकर्मीले आक्रमण गरेपछि सोमबार बिहानै भिडन्त भएको बताए । विद्रोही तालिवानले आफ्ना छ जना साथीको शव छाडेर भागेको पनि उनले जानकारी दिए ।
भिडन्तमा छ जना सुरक्षाकर्मी र आठ जना विद्रोही घाइते भएका छन् । बशारातले अनुसार, सुरक्षाकर्मीले बाघलान ए मार्काजी जिल्ला र त्यस आसपासमा सक्रिय विद्रोही विरुद्धको कारबाही जारी राखेका छन् । उक्त भिडन्तका बारेमा बाघलानका तालिवानी विद्रोहीले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया