जसपाको सबै नेता कार्यकर्ताको मुद्धा फिर्ता गर्ने सरकारको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, ६ बैशाख

काठमाडौं, ६ बैशाख । सरकारले मधेस तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका तत्कालीन राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।
केही दिनअघि मात्र जसपाको माग पूरा गर्न सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली सकरात्मक भएका थिए । जसपाका नेता महन्थ ठाकुर लगायतबीच भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले जसपाका नेता कार्यकर्ताविरुद्ध रहेका मुद्दा फिर्ता लिन सहमति भएको जसपाले जनाएको थियो । सोही अनुसार जसपाले विभिन्न २४ किसिमका मुद्दामा २०८ जनाको मुद्दा फिर्ता लिन आग्रह गर्दै गृह मन्त्रालयमा फाइल पेश गरेको थियो ।
सरकारले सबै २०८ जनाकै मुद्दा फिर्ता लिएको हो या केहीको मात्रै हो भन्नेबारे भने स्पष्ट भइरहेको छ । जसपाका केन्द्रीय सदस्य सुरेन्द्र झाले आफूहरुले बुझाएको सूचीमध्ये केहीको मुद्दा फिर्ता भएको बताएका छन् ।
जसपाले ओली नेतृत्वको सरकारसँग समीकरण गर्न पटक पटक छलफल गरिसकेको छ । जसका लागि सांसद रेशम चौधरीलगायत आफ्ना नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता हुनुपर्ने माग राख्दै आएको छ ।

प्रतिक्रिया