लेकाली दाईको मायामा निलम (भिडियो हेर्नुस्)
अखबार टुडे
प्रकाशित:
२०७८, ५ बैशाख

काठमाडौं, ५ बैशाख । संगीतकार तथा गायिका निलम रोजु राईको नयाँ गीत सार्वजनिक भएको छ । गीतकारसमेत रहेकी निलमले ‘लेकाली दाईको क्या माया लाग्छ’ बोलको गीतको भिडियोलाई नयाँ वर्षको अवसर पारेर आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘निलम रोजु राई’मार्फत सार्वजनिक गरेकी हुन् ।


सार्वजनिक गीतमा निलमकै शब्द, संगीत र स्वर रहेको छ । गायनमा भन्दा संगीत सिर्जनामा व्यस्त रहँदै आएकी निलमले आफ्नो यो पछिल्लो गीत ‘लेकाली दाईको क्या माया लाग्छ’लाई आधुनिक लोकफ्लेवरमा तयार गरेकी छन् ।
पछिल्लो समय सांगीतिक क्षेत्रमा पूर्वेली लोक फ्लेवरको ट्रेण्ड चलेको छ । निलमले पनि यही ट्रेण्डलाई फलो गर्ने प्रयास गरेकी छन् । कोरोनाका कारण झण्डै १० महिनासम्म लकडाउन हुँदा संगीत बजार थलिएको अवस्थामा निलमले आफ्नो गीत सार्वजनिक गरेकी हुन् ।
गीत तथा भिडियो सार्वजनिक गरेपछि निलमले भनिन्, ‘कोरोना महामारीपछि यो मेरो पहिलो गीत हो, जुन गीतको भिडियो आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छु ।’ गीतका शब्दमा नेपालीपन झल्काइएको छ भने संगीत सिर्जना र स्वरमा मीठास छ ।
अर्को पक्ष भनेको यस गीतको भिडियोमा गायिका निलमलाई नै मोडलका रुपमा देख्न सकिन्छ । यस भिडियोलाई नियोन लामाले निर्देशन तथा छायाँकन गरेका हुन् ।
माथि थप भिडियो हेर्नुस् !

प्रतिक्रिया