बादल फेरि गृहमन्त्रीमा नियुक्त
प्रकाशित:
२०७८, ५ बैशाख
काठमाडौं, ५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेता रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा नियुक्त गरेकी छन् ।
राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएसँगै गृहमन्त्रीबाट समेत पदमुक्त भएका थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले सोही पदमा नियुक्त गरेकी हुन् । बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्ने कार्यक्रम तय छ ।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा प्रवेश गरेसँगै उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही पत्रको आधारमा संसद सचिवालयले आइतबार बिहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
गायिका एलिना चौहानले कसिन् लगनगाँठो
सुदूरपश्चिम : सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय, दबावमा एमाले
मौसम पूर्वानुमान : देशका यी स्थानमा हावाहुरीको सम्भावना
१८ महिनापछि अमेरिका र चीनका रक्षामन्त्रीबीच पहिलो वार्ता
गृहमन्त्री लामिछानेको प्रश्न- जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?