नेपाल खबर

रामबहादुर थापा ‘बादल’ गृहमन्त्रीबाट पदमुक्त

काठमाडौं, ५ बैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सांसद पदबाट बर्खास्त भएका छन् । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले (ओली समूह)मा प्रवेश गरेका कारण पार्टीले उनलाई कारबाही गरेपछि राष्ट्रियसभा सदस्य पद खारेज भएको हो ।
माओवादी केन्द्रले गत चैत २७ गते थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आइतबार सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो । सांसद पद खारेज भएसँगै थापाको मन्त्रीबाट पनि पदमुक्त भएका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top