१३ दिनमै निगमले बढायो पेट्रलियम पर्दाथको मूल्य
अखबार टुडे
प्रकाशित:
२०७८, ४ बैशाख

काठमाडौं, ४ वैशाख । नेपाल आयल निगमले शनिबार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल÷मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । यसअघि १३ दिनअघि गत २२ चैतमा मात्र निगमले मूल्य बढाएको थियो ।
अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल÷मटितेलको १०४ रुपैयाँ तय गरिएको छ । निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।
एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ६.७२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा छ । ग्यासमा प्रतिसिलिन्डर ४१०.४७ रुपैयाँ घाटा भई १५ दिनमा ७०.६६ करोड घाटा हुने उपाध्यायले बताए ।

प्रतिक्रिया