फेरि बढ्न थाले कोरोना संक्रमित : शनिबार ८४३ जनामा कोरोना पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, ४ बैशाख

काठमाडौं, ४ बैशाख । नेपालमा पुनः कोरोना संक्रमि बढ्न थालेका छन् । शनिबार पछिल्लो २४ घण्टामा देशभर ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या पछिल्लो चार महिनायताकै धेरै हो ।
पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । यस्तै मृतकको संख्या ३ हजार ७५ पुगेको छ । पछिल्लो घण्टामा ६ हजार ४ जनामा कोरोना परीक्षण भएको थियो ।

प्रतिक्रिया