प्रधानमन्त्रीको आक्रोश, ‘सभामुखको अराजकताले संसदीय कामकारबाही अगाडि बढ्न सकेन’
अखबार टुडे
प्रकाशित:
२०७८, ४ बैशाख

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि आक्रोशित भएका छन् । शनिबार बालुवाटार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुखले संसदलाई बन्धक बनेको आरोप लगाए ।
बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सभामुखको अराजकताले संसदीय कामकारबाही अगाडि बढ्न नसकेको दावी गरेका थिए । बैठकमा सहभागी पछि बाहिरिएका राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखको भूमिकामाथि प्रधानमन्त्रीले प्रश्न उठाएको जानकारी दिएका हुन् । उनले ओलीको भनाइ उदृत गर्दै भने, ‘प्रधानमन्त्रीको सभामुखलाई अराजक बनेको भन्दै संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने भनाइ थियो ।’ बैठकमा आफूले राजनीतिक विकास खोजेर कोरोना नियन्त्रण लगायतका महत्वपूर्ण काममा लाग्न सरकारलाई सुझाव दिएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भनेर सुझाव समेत मागेका थिए ।
प्रधानमन्त्री ओलीले बैठकमा वर्तमान राजनीतिक संकटलाई निकाय दिनु आवश्यक रहेको भन्दै सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने धारणा राखेका छन् । उनले राजनीतिक संकटका कारण कोरोना नियन्त्रण लगायतका काममा बाधा परिरहेको बताए ।
बैठकको सुरुमै बोल्दै ओलीले लामो समयदेखि सबै दलसँग भेटघाट तथा छलफल नभएको भन्दै सामाजिक तथा राजनीतिक विषयमा राय–सुझाव लिन बैठक आवश्यक रहेकाले बोलाएको बताए ।

प्रतिक्रिया