राजकुमार फिलिप : यसरी गरिँदैछ अन्तिम संस्कार (देशभरि एक मिनेट मौनधारण)
अखबार टुडे
प्रकाशित:
२०७८, ४ बैशाख

काठमाडौं, ४ बैशाख । बेलायतका महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको आज शनिबार अन्त्येष्टि हुँदैछ । फिलिपको गत साता शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको थियो ।
राजकुमार फिलिपको अन्तिम संस्कार औपचारिक शाही समारोहबीच ब्रिटिश समयानुसार दिउँसो ३ बजे (नेपाली समयानुसार साँझ ७ः४५ बजे) विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुने बिबिसीले जनाएको छ । राजकुमार फिलिपको शव यतिखेर विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ ।
राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न र आफ्नो शवपेटिकालाई सर्वसाधारणले हेर्नेगरी समेत नराख्न अनुरोध गरेको बताइएको छ ।
कोरोनाभाइरससम्बन्धी प्रतिबन्धहरूका कारण इंग्ल्यान्डमा सामाजिक दूरी कायम गर्दै ३० जना मानिसमात्र एक ठाउँमा भेला हुन पाउँछन् । आमन्त्रितको सूचीमा महारानी र ड्यूक अफ एडिन्बराका परिवारका सदस्यहरूसहित उनका तीन जर्मन नातेदार छन् ।
गत वर्ष राजपरिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो राजकीय जिम्मेवारी परित्याग गरेपछि पहिलो पटक राजकुमार ह्यारी यूके फर्केका हुन् । सरकारीले जारी गरेको सुझावअनुसार सहभागीहरूले मास्क लगाउनुपर्नेछ । तोकिएको संख्यामा शवपेटिका बोक्ने मानिसहरू र पादरीहरू समाविष्ट छैनन् ।
कुन समयमा हुनेछ अन्तिम संस्कार
स्थानीय समयानुसार बीसएटी १४ः१५ बजे विन्ड्सर कासलस्थित क्वड्¥याङ्गलमा हाउसहोल्ड क्याभल्री र फुट गार्ड्सका सहित राजकुमार फिलिपसँग विशेष सम्बन्ध भएका सैनिक टुकुडीहरू लामबद्ध हुनेछन् ।
बीसएटी १४ः२० बजेबाट शवयात्रामा सहभागी नहुने राजपरिवार र ड्यूक अफ एडिन्बाराका परिवारका सदस्यहरू विन्ड्सर कासलदेखि कारमा चढेर सेन्ट जोर्जेज् च्यापलका लागि प्रस्थान गर्नेछन् ।
बीसएटी १४ः४० बजेक्वड्¥याङ्गमा रहेका ब्यान्डहरूले धुन बजाउन बन्द गर्नेछन् र शवपेटिकालाई बोकेर ल्यान्ड रोभरमा राखिनेछ । शवयात्रामा राजपरिवारका सदस्यहरू शवपेटिका पछिपछि आआफ्नो स्थानमा रहेर उक्त समारोहमा सहभागी हुनेछन् ।
बीसएटी १४ः४५ बजे शवयात्रा सुरु हुनेछ । ग्रेनडीर गार्ड्सको टोलीको नेतृत्वमा शवयात्रा क्वड्¥याङ्गलबाट होर्सशू क्लोइस्टरतर्फ अघि बढ्नेछ । उक्त टोलीको पछाडि मेजर जेनरलको समूह र सेनाका चीफ अफ स्टाफहरू हुनेछन् । त्यसपछाडि ल्यान्ड रोभर र त्यसको दुवैतर्फ रोयल मरीन र राजकुमारसँग सम्बन्धित अन्य रेजिमेन्टका सैनिकहरू हुनेछन् ।
शवपेटिकाको पछिपछि प्रिन्स अफ वेल्ससहित राजपरिवारका सदस्यहरू हिँड्नेछन् । आफ्नो विशेष कार स्टेट बेन्टलीमा सवार महारानी शवयात्राको पछिल्तिर हुनेछिन् र उनी ग्यालिलीतर्फको प्रवेशद्वारबाट सेन्ट जोर्जेह। च्यापलमा प्रवेश गर्नेछिन् ।
शवयात्रा अघि बढ्ने मार्गमा रोयल नेभी, रोयल मरीन, द हाइल्यान्डर्स, स्कटल्यान्डको चौथो रोयल रेजिमेन्टको गण र रोयल एअर फोर्सका सदस्यहरू पङ्क्तिबद्ध हुनेछन् ।
द किङ्स रोयल होर्स आर्टिलरीले इस्ट लनबाट निरन्तर बन्दुकको सलामी अपर्ण गर्नेछ ।
बीसएटी १४ः५३ बजे उक्त ल्यान्ड रोभर सेन्ट जोर्जेज् च्यापलको वेस्ट स्टेप्समा आएर रोकिनेछ र त्यहाँ राइफल्स रेजिमेन्टले सम्मान गारथ सहित सलामी र राष्ट्रीय गान प्रस्तुत गर्नेछ ।
हाउसहोल्ड क्याभलरीका सदस्यहरू वेस्ट स्टेप्समा लामबद्ध हुनेछन् र शवपेटिकालाई च्यापलतर्फ बोकेर लैजाँदै गर्दा रोयल नेभीको एउटा ब्यान्डले विशेष धुन बजाउनेछ ।
ड्यूकको मर्यादाअनुसार ढाकिएको उक्त शवपेटिका माथि माल्यार्पणका लागि पुष्पगुच्छाड्यूकको जलसेनामा कार्यरत हुँदा उनको टोपी र खड्ग हुनेछन् । विन्ड्सरका डीन र आर्चबिशप अफ क्यान्टबरी पनि त्यहाँ सहभागी हुनेछन् ।
राजपरिवारका सदस्यहरू मात्रै च्यापलमा प्रवेश गर्नेछन् र शवयात्रामा सहभागी अरू व्यक्ति बाहिरै बस्नेछन् ।
बीसएटी १५ः०० बजे ड्यूकको सम्मानमा देशभरि एक मिनेट मौनधारण गरिनेछ । मौनधारण अवधिको आरम्भ र अन्त्यको संकेत द किङ्स ट्रूप रोयल होर्स आर्टिलरीले तोप पड्काएर दिनेछ ।
च्यापलभित्र अन्तिम संस्कारको समारोह सुरु हुनेछ र शवपेटिकालाई क्वाईरमा रहेको क्याटाफ्लेक भनिने संरचनामा राखिनेछ । उक्त समारोहपछि ड्यूकलाई रोयल भल्टमा समाधिस्थ गरिनेछ । बिबिसी नेपालीबाट

प्रतिक्रिया