आज ११ बजे सर्वदलीय बैठक बस्दै
अखबार टुडे
प्रकाशित:
२०७८, ४ बैशाख

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ बजे बैठक बस्दैछ ।
संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिन बैठक गर्न लागेको बताइएको छ ।
बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी सहभागी हुने छन् ।

प्रतिक्रिया