‘कर्णालीमा ह्वीप उल्लंघन गर्नेलाई तत्काल कारबाही’
अखबार टुडे
प्रकाशित:
२०७८, ३ बैशाख

काठमाडौं, ३ बैशाख । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी केन्द्रको सरकार जोगाउने सांसदमाथि तत्काल कारबाही प्रक्रिया सुरु हुने बताएका छन् ।
एक अनलाइनसँग कुरा गर्दै महासचिव पोखरेलले ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई पार्टी विधान र देशको विद्यमान ऐन कानुन बमोजिम कारवाही हुने बताएका छन् । महासचिव पोखरेलले यसलाई पार्टीले गम्भीर रुपमा लिएको समेत बताएका छन् । उनले भने, ‘विधान र कानुन बमोजिम सम्बन्धित व्यक्तिहरु कारवाहीमा पर्छन् ।’ उनले सो कुरा नेपाल प्रेससँग बताएका हुन् ।
एमालेको संशोधित विधानले प्रदेशसभाका सदस्यहरुलाई कारबाही गर्ने अधिकारसमेत अध्यक्ष केपी ओलीलाई दिएको छ । विधान र ऐनका प्रक्रिया पूरा गरेर प्रकाश ज्वाला, कुर्मराज शाही, अम्बर बहादुर थापा र नन्दसिंह बुढालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरिने एमालेले जनाएको छ ।

प्रतिक्रिया