जुरेली समूहको रेस्लिङ प्रधानमन्त्रीले उद्घाटन गर्ने
अखबार टुडे
प्रकाशित:
२०७८, ३ बैशाख

काठमाडौं । रेस्लर तथा कलाकार अस्मिता जुरेलीको समूहले नयाँ वर्षको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा भोली शनिबारबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने भएका छन् । यो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
रेस्लर तथा कलाकार जुरेलीका अनुसार प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तानबाट रेस्लरको सहभागिता हुनेछ ।
‘प्रतियोगितामा यी देशका झण्डै १५ रेस्लर सहभागी हुँदैछन् । अहिलेको कोभिडको विषम परिस्थितिमा पनि सुरक्षा उपाय अपनाएर यो प्रतियोगिता सञ्चालन गर्दैछौँ’, अस्मिताले भनिन् ।

प्रतिक्रिया