ब्राइडल र समर कलेक्शनका लागि कुसुम बुटिक : यस्तो छ मेनु !
अखबार टुडे
प्रकाशित:
२०७८, ३ बैशाख

काठमाडौं, ३ बैशाख । विवाह मौसम सुरु भएको छ । मंसिर र माघपछि बैशाख महिनालाई विवाहको मौसमका रुपमा लिइन्छ । यो सिजन ब्राइडलको पनि हो ।
फेसन बजार प्रवद्र्धन गर्दै आएका बुटिकहरुले यो विवाहको मौसममा ब्राइडलबाट राम्रै आम्दानी गर्दै आएका छन् । विशेषगरी सहरिया तथा आधुनिक जीवन पद्दती अपनाउँदै आएकाहरु लागि विवाहमा ब्राइडल लोकप्रिय छ । तर, सबै बुटिकमा ब्राइडल तयार गरिन्छ भन्ने छैन किनकि, बुटिकहरुको आ–आफ्नै विशेषता र प्राथमिकता हुन्छ ।

अभिनेत्री करिश्मा मानन्धरसँग कुसुम श्रेष्ठ ।


ब्राइडल पहिरनकै कुरा गर्दा ‘कुसुम द बुटिक’को नाम लिनैपर्ने हुन्छ । पछिल्लो समय नेपाली कलाकार तथा सेलिब्रेटीमाझ चर्चित यो बुटिकले सिजनअनुसार पहिरन तयार गर्दै आएको छ ।
डिल्लीबजारको पिपलबोट नजिकै रहेको ‘कुसुम द बुटिक’ले नयाँ नेपालीहरुको वर्ष २०७८ साल लागेसँगै आफ्नो बजार प्रवद्र्धनमा पनि केही नयाँ रणनीति अपनाएको बुटिककी सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठले बताइन् । उनका अनुसार कुसुम बुटिकलाई सबै उमेरसमूह र वर्गको पुहँचमा ल्याउन सबै खाले पहिरन तयार गर्ने भएको छ । विशेषगरी ब्राइडल, गाउन, डिजाइनिङ सारी र टप्सका लागि चर्चित कुसुम बुटिक सञ्चालनमा आएको छोटो समयमै स्थापित भएको बुटिक हो , यस बुटिकले सुरुदेखि नै म्युजिक भिडियो र फिल्मका लागि लोकप्रिय बनेको थियो ।


फेसन डिजाइनर कुसुमले भनिन, ‘विवाहको मौसससँगै ब्राइडलको सिजन सुरु भएको छ । साथै, समर कलेक्शनको मौसम पनि यही हो ।’ बुटिकले समर कलेक्शनहरु पनि डिजाइनिङ गर्नेछ ।
हुन त कुसुम द बुटिकले सेलिब्रेटीका लागिमात्र नभएर सर्वसाधारणमा पनि चर्चित बन्दै गएको छ । त्यसैले पनि यो बुटिक सोचेभन्दा चाँडो फेसन बजारमा स्थापित हुन पुगेको हो । कुसुमकै भनाइलाई आधार मान्ने हो भने कुसुम बुटिक एउटा फेसनको डिस्टिनेशन हो । जहाँ, जो आएपनि खाली फर्कन नपरोस् ।


कुसुम द बुटिकको मेनु
ब्राइडल न्यूनतम – २५ हजारदेखि ७५ हजार रुपैयाँसम्म
– गाउन –१० हजारदेखि ३५ हजार रुपैयाँसम्म
– डिजाइन सारी – पाँच हजारदेखि ३५ हजार रुपैयाँसम्म
– डिजाइन टप्स – २५ सय रुपैयाँदेखि ३ हजार पाँच सयसम्म
– कुर्था–सुलवाल– पाँच हजारदेखि १५ हजारसम्म
– पास्नी सेट – पाँच हजारदेखि ३० हजार रुपैयाँसम्म
– डिजाइनिङ बेबी सेट – अर्डरअनुसार
– केटाको लागि ब्राइडल ड्रेस
– अर्डरअनुसारसबै प्रकारका समर कलेक्शनहरु

– अर्डरअनुसार म्युजिक भिडियो, इभेन्ट र फिल्मका लागि पहिरनहरु
माथि उल्लेखित मूल्यहरु फिक्स होइन, ग्राहकको चाहना र रोजाइअनुसार तलमाथि पर्न हुने कुसुमले बताइन् । उनले भनिन्, ‘ग्राहकको रोजाइमा फरक पर्छ ।’ हुन पनि बुटिकका पहिरनहरु फ्रेबिकमा भरपर्छ । त्यससँगै डिजानिङ चार्ज । त्यसैले पनि फेन्सी पसलमा भन्दा बुटिकमा केही महाँगो पर्छ ।
तर, फाइदा यसमा छ कि, बुटिकमा आफूले चाहेको कलर र आफ्नो चाहना र रुचिअनुसारको पहिरन बुटिकमा पाइन्छ । त्यसैले पनि पछिल्लो समय आम मानिस बुटिकको पहिरनप्रति आकर्षित हुन थालेका छन् ।

प्रतिक्रिया