नेपाल खबर

कर्णालीमा एमाले एक ढिक्का : नेता कँडेल

सुर्खेत, ३ बैशाख । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले एमाले एक ढिक्का भएको बताएका छन् । शुक्रबार कर्णाली प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता कँडेलले आफ्ना पार्टीका सांसदहरुको बारे बजारमा हल्ला चलाएकोबारे आपत्ति समेत जनाए । मुख्यमन्त्री पक्षधरले एमाले माधव समुहका केही सांसदले ‘फ्लोर क्रस’ गर्न सक्छन् भनेर हल्ला चलाइएको प्रति उनले आपत्ति जनाएका हुन् ।
‘नेकपा एमालेका सांसदहरुको चरित्र हत्या गर्ने गरी जुन काम भइरहेको छ त्यो निन्दनीय छ’ उनले भने, ‘दलीय सीमालाई मिचेर सार्वजनिक निष्ठामाथि आँच आउने काम भएको छ, त्यो राम्रो होइन ।’
उनले पहिलादेखि नै जनताले एमालेलाई कर्णालीमा सरकार बनाउँदा उपयुक्त हुन्छ भन्ने जनादेश हुँदाहुँदै पनि प्रदेश सरकारलाई सुरुमा आफुहरुले रचनात्मक साथ दिएको कँडेलले बताए । जुन चाहनाअनुसार दुईटा पार्टीको एकता गरेर त्यसमा आफ्ना पार्टीतिरका नेताको कुनै कमजोरी नभएको उनको दावी छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top