विवाहको सिजन सुरु : सुनको मूल्य बढ्यो (यस्तो छ आजको बजार भाउ)
अखबार टुडे
प्रकाशित:
२०७८, ३ बैशाख

काठमाडौं, ३ बैशाख । फेरि सुनको भाउ उकालो लागेको छ । विवाहको सिजन सुरु भएसँगै सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ न्दा माथि पुगेको छ ।
शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिनको तुलनामा तोलामा ७ सय रुपैयाँले बढी हो ।
शुक्रबारको सुनको मूल्य गत ११ फागुन यताकै सबैभन्दा धेरै भएको महासंघले जनाएको छ । शुक्रबारका लागि महासंघले तेजावी सुनको भाउ ९० हजार रुपैयाँ तोकेको छ ।
यस्तै चाँदीको प्रतितोला भाउ १० रुपैयाँले बढेर १३ एक हजार तीन सय रुपैयाँ पुगेको छ । बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया